काठमाडौं- एनआइसी एसिया बैंकले भिसा कार्डमार्फत् भुक्तानी गर्दा क्यासब्याक दिने भएको छ।
बैंकले १० प्रतिशत वा अधिकतम १५ सय रूपैयाँसम्म क्यासब्याक दिने भएको योजना सार्वजनिक गरेको हो।
नयाँ वर्षबाट सुरु भएको यो अफर फेब्रुअरी २५ सम्म लागू हुने जानकारी बैंकले दिएको छ।
डेबिट र क्रेडिट दुवै किसिमका कार्डबाहकलाई यो सुविधा पाउनेछन्।
कम्तीमा ५ सय वा सोभन्दा बढीको सामग्री खरिदमा मात्र यो योजना लागू हुने बताइएको छ।
बैंककाअनुसार योजना अवधिमा कम्तीमा ५ पटकसम्म कारोबार गरेको समेत हुनुपर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।