काठमाडौं- सामाजिक उत्तरदायित्व संस्था सिप्रदियन सहायता संस्थाले चेपाङ विद्यार्थीलाई कपडा तथा अन्य सामग्री वितरण गरेको छ।
नारायणघाटको रत्ननगरस्थित श्री विन्देश्वरी आधारभूत विद्यालयमा अध्ययनरत ५२ जना विद्यार्थीहरूलाई ज्याकेट, टोपी तथा जुत्ता सिप्रदियनले वितरण गरेको हो।
सिप्रदियनले सो विद्यालयका चेपाङ विद्यार्थीलाई विगत ८ वर्षयता सहायत प्रदान गर्दै आएको छ।
विद्यार्थीलाई स्टेशनरी सामग्री, तन्ना तथा टोइलेट्री सामग्रीहरू प्रदान गर्ने गरेको छ।
सिप्रदीले सामाजिक उत्तरदायित्वका काम गर्न सिप्रदियन सामाजिक संस्था खडा गरेको हो।
सो संस्था सन् २०१२ देखि संचालमा आएको हो।
सिप्रदियन भारतीय सवारी उत्पादक कम्पनी टाटाको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङको सामाजिक उत्तरदायित्व संस्था हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।