काठमाडौं– एक स्मार्ट फोनबाट अर्कोमा फाइल सेयरिङका लागि ओप्पो, भिभो र साओमीले सहकार्य गर्ने भएका छन्। यी तीन ब्रान्डले तस्बिर, भिडियोलगायत फाइल बिना इन्टरनेट आदानप्रदान गर्न सकिने उपकरण मोबाइलमा नै जडान गर्ने गरी सहकार्य गर्ने भएका हुन्।
प्रयोगकर्तालाई थप सहज तथा छरितो फाइल सेयरिङको सुविधा दिनका लागि यस्तो सहकार्य गरिएको ओप्पोले जानकारी दिएको छ।
‘तीन ब्रान्ड बीचको यो सहकार्यको मूल उद्देश्य ओपो, भिभो र साओमीका विश्वभर रहेका लाखौँ प्रयोगकर्तालाई सहज तथा प्रयोगकर्ता मैत्री फाइल शेयरिङ सुविधा उपलब्ध गराउनु हो,’ ओप्पोका उपाध्यक्ष तथा सफ्टवेयर ईञ्जिनियरिङ बिजनेस डिभिजनका अध्यक्ष एन्डी बुले भने, ‘प्रयोगकर्तालाई संयुक्त रुपमा सेवा प्रदान गर्ने ओपो, भिभो र शियाओमीद्वारा चालिएको यो पहिलो कदम हो।’ औसतमा २० एमबिपिएस डाटा ट्रान्सफर गर्न सकिने बताइएको छ।
यो सेवा कलरओएस सेवेनसहितको ओपो स्मार्टफोनमा उपलब्ध हुने जानकारी ओप्पोले दिएको छ।
कलरओएस सेवेन (एन्ड्रोइड टेन) र सो भन्दा पछिल्ला उपकरणमा उपलब्ध यो सुविधा ट्रायल भर्जनका रुपमा रेनो टू, रेनो टेनएक्स जुम, एफ ११ प्रो, एफ ११ प्रो मार्भेल्स एभेन्जर्स लिमिटेड एडिसन र एफ ११ मा उपलब्ध गराइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।