काठमाडौं– मारुती सुजुकीको नयाँ मिनि एसयुभी एस–प्रेसो २२ सेप्टेम्बरमा भारतमा सार्वजनिक भयो। सोही ५ हजार ६ वटा बिक्री भएको एस–प्रेसो त्यसयताको ३ महिनामा ३५ हजार ५ सय ५४ वटा बिक्री भएको छ। २०१९ को अक्टोबरमा १० हजार ३ सय ४६,, नोभेम्बरमा ११ हजार २ सय २० र डिसेम्बरमा ८ हजार ३ सय ९४ वटा बिक्री भएको तथ्यांक गाडीवाडीले लेखेको छ।
यो कारको प्रतिस्पर्धीको रुपमा रेनो क्विड र ड्याटसन रेडिगोलाई लिइएको छ। एसयुभी कन्सेप्टबाट प्रभावित यो कार निक्कै आकर्षक छ। मारुतीको के सिरिजकै इन्जिन लगाइएको यो कार अल्टो के १०, वेगनआर १।० एल र सेलेलियोभन्दा माइलेज र पर्फमेन्सका आधारमा उत्कृष्ट छ। बिएस–६ इन्जिन रहेको यो कारमा १।० लिटर ३ सिलिन्डर के१०बी इन्जिन छ। यसले ५५ सय आरपिएममा ६७।९८ पिएससम्म पावर र ३५ सय आरपिएममा ९० एनएम टर्क दिन्छ।
एस–प्रेसोमा ५ स्पिड म्यानुअल र अटोमेटिक ट्रान्समिसन छ। एआरएआइको प्रमाणित गरेअनुसार एस–प्रेसोले २१।७ किलोमिटर प्रतिलिटर माइलेज दिन्छ। मारुती सुजुकीले फ्युचर ‘एस’ कन्सेप्टमा बनाएको एस–प्रेसो नेपाली बजारमा मंसिर १ मा सार्वजनिक भएको थियो। एसप्रेसो नेपाली बजारमा स्टान्डर्ड, एलएक्सआई, भिएक्सआई र भिएक्सआई प्लस गरी चार भेरियन्टमा उपलब्ध छ।
विभिन्न ६ रंगमा उपलब्ध एसप्रेसोको लम्बाई ३५६५ एमएम, चौडाइ ३६७९ एमएम र उचाइ १५६४ एमएम छ। यसको ह्वीलवेस २४२२ एमएम छ। २७ लिटर इन्धन क्षमताको फ्युल ट्यांकी लगाइएको यस मोडलमा १४ इन्चको अलोय ह्वील लगाइएको छ। एसप्रेसोको ग्राउन्ड क्लियरेन्स १ सय ८० एमएम छ। पछिल्लो एक महिनामा एस प्रेसोबारे ३ हजारभन्दा बढी उपभोक्ताले सोधपुछ गरेको मारुती सुजुकीको नेपालका लागि आधिकारिक बिक्रेता सिजी मोटोकर्पका सिनियर मार्केटिङ म्यानेजर करुण शाक्यले बताए।
कम्पनीले यो कारलाई ‘माइ फस्ट एसयुभी’ को रुपमा प्रवद्र्धन गरेको उनको भनाइ छ। ‘मारुती सुजुकी एस–प्रेसो नेपालमा पनि छोटो समयमा लोकप्रिय भएको छ,’ उनले भने। यो कारमा एयर कन्डिसनरको सुविधासँगै पावर स्टेयरिङ, फ्रन्ट पावर विन्डो, किलेस इन्ट्री, सेन्ट्रल लकिंग सिस्टम, बडि कलर बम्परजस्ता विशेषता दिइएको छ। यसमा १७।७८ सेन्टिमिटरको स्मार्ट प्ले स्टुडियो टचस्क्रिन इन्फोटेन्टमेन्ट सिस्टम, स्टेयरिङ माउन्टेड कन्ट्रोल्ससमेत उपलब्ध छ।
सुरक्षा विशेषताको रुपमा कारमा एबिएस, इबिडी, ड्राइभर साइड एयर ब्याग, रिभर्स पार्किङ सेन्सर, स्पिड अलर्ट सिस्टम ड्राइभर र को–ड्राइभर सिटबेल्ट रिमाइन्डरक छ। यो माइक्रो÷मिनि एसयुभी पहिलोपटक कार किन्ने तथा कम मूल्यमा एसयुभीका विशेषता भएको कार किन्ने उपभोक्ताका लागि उपयुक्त रहेको कम्पनीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।