काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले सरकारले निजी क्षेत्रलाई सम्मानजनक भूमिका दिनुपर्ने बताएकी छन्। अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने निजी क्षेत्रलाई सरकारले सम्मान नदिएको भन्दै उनले सम्मानजनक भूमिका दिन आग्रह गरिन्।
भक्तपुर उद्योग वाणिज्य संघको ३१ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै राणाले सरकारले निजी क्षेत्रलाई पनि उचित प्रोटोकलको व्यवस्था गर्न आग्रह गरिन् । सरकारलाई राजस्व संकलनका बेला निजी क्षेत्र आवश्यक गर्ने भए पनि अन्य बेलामा निजी क्षेत्रलाई वास्ता नगरिएको बताइन्।
निजी क्षेत्रलाई हैसियतविहीन जस्तो व्यवहार नगर्न पनि उनले आग्रह गरिन्। सरकारी निकायका सबैको प्रोटोकल तय भए पनि निजी क्षेत्रको प्रोटोकल नभएको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।