काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले श्रमिकहरुको सम्मानसँग राष्ट्रिय सम्मानसमेत जोडिने बताएका छन्।
बिहिबार वैदेशिक रोजगार पत्रकार समाजको दशौँ वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री यादवले रोजिरोटिको खोजिमा विदेशिने तथा देशभित्रै श्रम गर्ने श्रमिकहरुको सम्मान राष्ट्रिय सम्मानसँग जोडिएको बताएका हुन्।
नेपाली युवाहरु आफ्नो परिवार छाडेर रोजिरोटिको खोजिमा विदेशिनुपर्ने बाध्यात्मक परिस्थिति रहेकाले यस्तो बाध्यात्मक अवस्थाको अन्त्यका लागि सरकार क्रियाशील रहेको मन्त्री यादवले दाबी गरे।
‘हाम्रा युवाहरुले परदेशमा दुःख भोग्न नपरोस् भनेर सरकारले योजना बनाइरहेको छ‚’ उनले भने, ‘हामी युवाहरुका लागि सुरक्षित गन्तव्य मुलुक खोजिरहेका छौँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।