काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले कामलाई पारदर्शी बनाउन श्रम रोजगार तथा व्यवसायजन्य सुरक्षा विभागका कर्मचारीहरुलाई निर्देशन दिएका छन्।
बिहीबार श्रम कार्यालयको आकस्मिक अनुगमनका क्रममा मन्त्री यादवले कर्मचारीलाई सो निर्देशन दिएका हुन्।
उनले आन्तरिक श्रम बजारलाई समेत सुरक्षित व्यवस्थित तथा मर्यादित बनाउनका लागि सरकार गम्भीर रहेको बताए।
विभिन्न उद्योग प्रतिष्ठानमा जोखिमपूर्ण काम गरिरहेका श्रमिकहरुको हकहितका लागि कर्मचारीहरु सचेत हुनुपर्ने मन्त्री यादवको भनाइ थियो।
श्रमिकका समस्या सम्बोधनका लागि कर्मचारीहरु जिम्मेवार बन्नुपर्ने मन्त्री यादवले निर्देशन दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।