काठमाडौं- सरकारले आर्थिक वर्ष २०७६/०७७का लागि उखुको समर्थन मूल्य निर्धारण गरेको छ।
मन्त्रिपरिषद् बैठकले चालु आवका लागि उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसा हुने गरी मूल्य निर्धारण गरेको हो।
२०७६ पुस ७ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउन बिहीबार आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले उखुको समर्थन मूल्य तोकिएको जानकारी गराएका हुन्।
पछिल्लो समय सरकारले उखुको समर्थन मूल्य तोकेपनि किसानले सो मूल्य भने पाउन सकेका छैनन।
उखु किसानलाई चिनी उद्योगले समेत समयमै रकम दिन गरेका छैनन्।
यी हुन् मन्त्रिपरिषद् बैठकका १३ निर्णयहरू
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।