काठमाडौं- सरकारले तोकेको समयमसीमा भित्र सामाजिक सुरक्षा कार्यक्रममा सहभागी हुन नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।
राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी तथा लघुवित्त कम्पनीलाई सामाजिक सुरक्षा कार्यक्रममा सहाभागी हुन निर्देशन दिएको हो। सरकारले सामाजिक सुरक्षा कार्यक्रममा यही मंसिर १४ गतेभित्र सूचिकृत भइसक्नुपर्ने अन्तिम मिति तोकेको थियो। तर सो अवधिसम्म पनि अधिकांश बैंक वित्तीय संस्थाको उल्लेख्य सहभागिता नदेखिएपछि राष्ट्र बैंकले अनिवार्य रुपमा सूचिकृत हुन निर्देशन दिएको हो।
निजी क्षेत्रको रोजगारदाता तथा श्रमिकहरुका लागि सरकारले अघि सारेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा सहभागी हुने समय सकिएपनि कोषले थप समय थप्ने वा सूचिकरण नभएका कम्पनीलाई कारबाही गर्ने भन्ने विषयमा भने केहि खुलाएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।