काठमाडौं- लोकसेवा आयोगले निजामती सेवाको शाखा अधिकृत वा सो सरह पदका लागि १ हजार ९६ पदमा आवेदन माग गरेको छ।
आयाेगले बुधबार सूचना निकालेर निजामती सेवाका विभिन्न सेवा समूहअन्तर्गत खुलातर्फ ४१९, बढुवा (कार्य सम्पादन मूल्याङ्कन र कार्यक्षमता)तर्फ ३२८, आन्तरिक प्रतियोगितातर्फ तीन, महिलातर्फ ३४९, आदिवासी जनजातीतर्फ ९१, मधेशीतर्फ ८१, दलिततर्फ ३१, अपाङ्गतर्फ १७ र पिछडिएको क्षेत्रका लागि १५ पदका लागि विज्ञापन गरेको हाे।
प्रशासन सेवाअन्तर्गत सामान्य प्रशासन समूहका लागि ५६० पद माग गरिएकोमा बढुवामा १६८ रहेको छ। यसैगरी प्रशासन सेवा राजस्व समूहमा ६९ पद माग गरिएकोमा बढुवातर्फ २० रहेको छ।
थप जानकारीकाे लागि तलकाे सूचना हेर्नुहाेस्
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।