काठमाडौं– चितवनको भरतपुर विमानस्थल बुधबार (आज)देखि सञ्चालनमा आएको छ। मंसिर १५ गतेदेखि बन्द भरतपुर विमानस्थल आजदेखि सञ्चालनमा आएको हाे।
नेपाल नागरिक उड्डयन प्राधिकरण भरतपुर विमानस्थल कार्यालयले विमानस्थलको रन–वेको ओभारले तथा पार्किङ वे विस्तारका लागि भन्दै मंसिर १५ गतेदेखि २४ गतेसम्म भरतपुर विमानस्थल बन्द गरेको थियो।
मर्मतको काम सकेसँगै आजबाट विमानस्थल खुल्ला गरिएको प्राधिकरणले जनाएको छ। झण्डै २० वर्षपछि विमानस्थलको धावन मार्गमा ओभर–ले गरिएको हो। साथै यस अघि प्राधिकरणले कात्तिक २६ गतेदेखि मंसिर ५ गतेसम्म सबै उडान बन्द गराएर झापाको चन्द्रगढी विमानस्थलको मर्मत गरेको थियो।
प्राधिकरणले यस आर्थिक वर्षमै विराटनगर, नेपालगञ्ज, धनगढी, जनकपुर लगायतका विमानस्थलको रन–वे मर्मत तथा पार्किङ विस्तारको काम गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।