काठमाडौं- भिजिट नेपाल २०२० अर्थात् भ्रमण वर्षको गीत रचना पेस गर्न भिजिट नेपाल सचिवालयले १० दिने सूचना प्रकाशन गरेको छ।
पर्यटन क्षेत्रको प्रवर्द्धन र प्रचारका लागि सचिवालयले नेपालको पर्यटकीय स्थल तथा आकर्षणका गीत माध्यमबाट प्रचार प्रसार गर्ने भन्दै गीत रचना पेस गर्न सूचना प्रकाशन गरेको छ।
नेपालको बहुपक्षीय सुन्तरता तथा सिंगो नेपालको कला, संस्कृति, धर्म, रहनसहन, आतिथ्यता तथा प्राकृतिक सौन्दर्गता झन्कने गीतको शब्द रचना सहित भिजिट नेपालको सचिवालयमा पेस गर्नुपर्ने सचिवालयको भनाइ छ।
साथै छनोटमा परेका गीतले पुरस्कार समेत पाउने सचिवालयको सूचनामा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।