काठमाडौं- मलेसियास्थित नेपाली दूतावासले दुई महिनाको अवधिमा ३१ हजार २ सय १ कामदारको माग प्रमाणिकरण गरेको छ।
अक्टोबर र नोभेम्बरमा दुई महिनाको अवधिमा ३१ हजार २ सर १ श्रमिक माग भएको दूतावासले जनाएको हो। मलेसियाले सबैभन्दा ठूलो संख्यामा औद्योगिक क्षेत्रका लागि १७ हजार १ सय १६ कामदार माग गरेको छ।
क्षेत्र (सुरक्षा गार्डसहित) १० हजार १ सय ८३, कृषि क्षेत्रका लागि १ हजार ४ सय ७५, प्लान्टेसनमा १ हजार ३ सय ९७ र निर्माण क्षेत्रमा माग भएका एक हजार ३० श्रमिकको मागपत्र प्रमाणिकरण गरिएको दूतावासले जनाएको छ। मागपत्र प्रमाणिकरणलाई सरल तथा पारदर्शी बनाइएको विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।