काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार ३ दशमलव ७५ अंकले बढेर १ हजार १ सय १५ दशमलव ७५ अंक कायम भएको छ।
१ सय ७२ वटा कम्पनीको १० लाख १० हजार ९ सय ९१ कित्ता सेयर ४ हजार ३ सय २६ पटक खरिदबिक्री हुँदा २६ करोड ६८ लाख १ हजार ५ सय ५८ रुपैयाँ बराबरको कारोबार भएको छ।
मंगलबार व्यापार, विकास बैंक, वित्त र अन्य समूहको उपसूचक क्रमशः १७ दशमलव ९५, शुन्य दशमलव ३१, १ दशमलव २६ र २ दशमलव ७५ अंकले घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको देखिएको छ। सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ६३ दशमलव ७९ अंकले बढेको छ।
सबैभन्दा बढी सिद्धार्थ बैंक लिमिटेड प्रोमोटर सेयर २ करोड ६० लाख ९५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। बढी कमाउनेमा घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता १० प्रतिशतका दरले कमाएका छन्। सबैभन्दा धेरै गुमाउनेमा भने साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ताले प्रतिकित्ता ५ दशमलव ४१ प्रतिशतका दरले गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।