काठमाडौं- उप-प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले निर्माणाधीन काठमाडौं-तराई/मधेस द्रुतमार्ग आयोजनाको निरीक्षण गरेका छन्।
प्रधान सेनापतिसहित शुक्रबार आयोजना निरीक्षण गर्न पुगेका मन्त्री पोखरेलले आयोजनाका ६ बिन्दु मख्खुबेशी, सिस्नेरी, बुदुने, राजदमार, बागदेव ईलाका र निजगढस्थित जिरो प्वाइन्टको स्थलगत निरीक्षण गरे।
मन्त्री पोखरेलले स्थानीय कमाण्डरहरुबाट आयोजना निर्माणको वस्तुस्थिति तथा कार्य प्रगतिको जानकारी लिए।
उनले राजदमार क्याम्पमा रहेको नर्सरी र गुणस्तर परीक्षण ल्याबको समेत निरीक्षण गरेका थिए। निरीक्षणको क्रममा पोखरेलले आयोजनालाई समयमा नै सम्पन्न गर्न आईपर्न सक्ने मुख्य चुनौतीबारे समेत जानकारी लिएका थिए।
निरीक्षणमा राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेल, नेपाली सेनाका प्रधानसेनापति थापा, रक्षा सचिव रेश्मिराज पाण्डे, भौतिक पूर्वाधार तथा यातायात सचिव देवेन्द्र कार्की, अर्थ मन्त्रालयका सह-सचिव, सम्बन्धित क्षेत्रका विज्ञहरु र नेपाली सेनाका अधिकृतहरूको सहभागिता रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।