काठमाडौं- सरकारले चालु आर्थिक वर्ष २०७६/७७को पहिलो चार महिनामा १४ प्रतिशत बजेट खर्च गरेको छ।
कात्तिक मसान्त सम्ममा २ खर्ब २५ अर्ब ८७ करोड ११ लाख रुपैयाँ बराबर खर्च भएको देखिन्छ। जुन रकम कुल विनियोजित बजेटको १४ दशमलव ७३ प्रतिशत बराबर हो। चालु आर्थिक वर्षका लागि सरकारले १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँ बराबरको बजेट विनियोजिन गरेको थियो।
यो अवधिमा चालुगततर्फ विनियोजित बजेटको २० दशमलव ५७ प्रतिशत खर्च भएको छ। ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख बराबरको चालुगत बजेटमध्ये कात्तिक मसान्त सम्ममा १ खर्ब ९६ अर्ब ८८ करोड ३५ लाख रुपैयाँ बराबर खर्च भएको छ।
पूँजीगततर्फ भने विनियोजित बजेटको ६ दशमलव ५ प्रतिशत बराबर मात्रै बजेट खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ। पूँजीगततर्फ विनियोजन भएको ४ खर्ब ८ अर्ब ५९ लाख मध्ये हालसम्म २४ अर्ब ७१ करोड ४० लाख रुपैयाँ बराबरमात्रै खर्च भएको देखिन्छ।
वित्तीय व्यवस्थापनतर्फ विनियोजित १ खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख रुपैयाँ बराबरको बजेटमध्ये २ दशमलव ५५ प्रतिशत अर्थात ४ अर्ब २७ करोड ३५ लाख रुपैयाँ बराबर खर्च भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।