काठमाडाैं- सुनको मूल्य आइतबारको तुलनामा आज प्रतितोला २ सय रुपैयाँ सस्तो भएको छ।
आइतबार छापावाल सुन प्रतितोला ७१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। सोमबार भने छापावाल सुन प्रतितोला ७१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै तेजाबी सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँ तोकिएको छ। आइतबार तेजाबी सुन प्रतितोला ७१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
विवाहको सिजन सुरु भएसँगै सुनको मूल्यमा केही कमी आएको हो। महासंघका अनुसार सोमबार चाँदीको मूल्य प्रतितोला ८ सय ५० रुपैयाँ कायम भएको छ।
आइतबार चाँदी प्रतितोला ८ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।