धनगढी- धावनमार्ग मर्मत/सम्भार तथा स्तरवृद्धिका लागि धनगढी विमानस्थल एक महिनासम्म आंशिक रुपमा बन्द हुने भएको छ।
आइतबार दिउँसो तीनदेखि ७ बजेसम्म विमानस्थल बन्द गर्न लागिएको हो।
एक महिनासम्म विमानस्थल दैनिक ४ घन्टाका दरले बन्द रहने धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले जानकारी दिएका छन्।
उनका अनुसार गत जेठमा १८ सय मिटरमध्ये चार सय २० मिटर कालोपत्रे धावन मार्गमा र पार्किङ क्षेत्र ओभरलेको काम बाँकी रहेकोले त्यसलाई निरन्तरता दिन विमानस्थल आंशिक रुपमा बन्द गर्न लागिएको हो।
विमानस्थल बन्द हुने भएपछि धनगढीबाट काठमाडौँका लागि हुने दैनिक उडान प्रभावित हुने भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।