काठमाडौं- विद्युतीय चेक भुक्तानी सम्बन्धि नेपाल राष्ट्र बैंकले नयाँ व्यवस्था लागू गर्न भनेको छ। राष्ट्र बैंकले सोमबार विद्युतीय चेक भुक्तानी सम्बन्धी नयाँ व्यवस्था लागु गर्न नेपाल बैंकर्स संघ, नेपाल डेभलपमेन्ट बैकर्स संघ, र नेपाल वित्तीय संस्थामार्फत सबै बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरेको छ।
राष्ट्र बैंकको परिपत्र अनुसार अबदेखि सबैं बैंक वित्तीय संस्थाले एमआइसीआर (म्याग्नेटिक इन्क क्यारेक्टर रेकोग्निसन) प्रविधिसहितको चेकबुक मात्र जारी गर्न पाउनेछन्। यस्तो चेक छपाई गरी प्रयोगमा ल्याउँदा बैंक तथा वित्तीय संस्थाले एमआइसीआर कोड लाईनमा चेक सिरियल नम्बर र बैंक कोड अनिवार्य रुपमा उल्लेख गर्नुपर्नेछ।
विद्युतीय चेक भुक्तानी सम्बन्धि व्यवस्था कार्यान्वयनमा ल्याउनका लागि नेपाल क्लियरिङ हाउसले ‘नेपाल इलेक्ट्रोनिक चेक क्लियरिङ (इसिसि) रुल बुक,’ ‘नेपाल इलेक्ट्रोनिक चेक क्लियरिङ (इसिसि) अपरेटिङ रुल’, र चेक स्टाण्डर्ड तथा स्पेसिफिकेसन लागु गर्ने तयारी गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।