काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक घटेको छ। सोमबार दोहोरो अंकको वृद्धि देखिएको पुँजीबजार मंगलबार भने ५ दशमलव ६१ अंकले घटेको छ।
नेप्सेका अनुसार मंगलबार परिसूचक १ हजार १ सय ३९ दशमलव ९६ अंकमा कायम भएको छ। कूल १ सय ६१ वटा कम्पनीको १० लाख ८२ हजार कित्ता सेयर ५ हजार ३२ पटक किनबेच हुँदा ३७ करोड ९८ लाख ४९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
मंगलबार उत्पादन समूहको उपसूचक ८ दशमलव १८ अंकले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ। ६ वटा कम्पनीको १ करोड भन्दा बढीको कारोबार भएको छ। जसमध्ये हिमालयन डिस्टिलरी लिमिटेडको ६ करोड ९७ लाख ४० हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
त्यस्तै एनएमबी बैंक लिमिटेडको ६ करोड ४५ लाख ५८ हजार र चिलिमे हाइड्रो पावर कम्पनी लिमिटेडको २ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ। मंगलबारको कारोबारमा सबैभन्दा बढी कमाउनेमा पनि हिमालय डिस्टिलरी कम्पनी लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ७ दशमलव ५४ प्रतिशतका दरले कमाएका छन्।
सबैभन्दा धेरै गुमाउनेमा भने जोशी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले प्रतिकित्ता ५ दशमलव ८ प्रतिशतका दरले गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।