काठमाडौं- यातायात व्यवस्था विभागले ४ घन्टाभन्दा बढीको दूरीमा चल्ने यात्रुवाहक सार्वजनिक सवारीले प्रत्येक ४ घन्टामा एकपटक चालकलाई आधा घन्टा विश्रामको व्यवस्था गर्न सवारीधनीलाई निर्देशन दिएको छ।
साथै 'सवारी तथा यातायात व्यवस्था ऐन, २०४९' को दफा १०४ बमोजिम लामो दूरी अर्थात २ सय ५० किलोमिटरभन्दा बढी दूरीको गन्तव्य स्थानमा यातायात सेवा सञ्चालन गर्ने सार्वजनिक सवारीमा कम्तीमा दुई जना चालक अनिवार्य राखी सेवा दिनसमेत निर्देशन दिएको छ।
विभागले प्रत्येक ६ घन्टामा चालक परिवर्तन गरी सवारी चलाउने व्यवस्था मिलाउन निर्देशन गरेको हो।
कानुनअनुसार सेवा नदिएको पाइएमा कानुनअनुसार कारबाही गर्ने विभागको चेतावनी छ।
तर, विभागको यो चेतावनी नयाँ भने होइन। विभागले हरेकपटक सार्वजनिक सवारीको दुर्घटनापछि यस्तो सूचना प्रकाशन गर्ने गरे पनि अनुगमन गरी कारबाही भने गर्ने गरेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।