काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आइतबार ६ दशमलव ८८ अंकले घटेको छ।
नेप्से घटेसँगै परिसूचक १ हजार १ सय ३९ दशमलव २९ अंकमा कायम भएको छ।
सेन्सेटिभ परिसूचक १ दशमलव ६२ अंकले घटेर २ सय ४० दशमलव ४६ अंक कायम भएको छ।
आइतबार १ सय ६१ वटा कम्पनीको ७ लाख ८४ हजार ७ सय ४० कित्ता सेयर ४ हजार ८० पटक खरिदबिक्री हुँदा १७ करोड ५५ लाख ४४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
आजको कारोबारमा म्युचुअल फन्ड समूहको उपसूचक शून्य दशमलव शून्य १ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ।
सबैभन्दा धेरै उत्पादन समूह ३७ दशमलव ३५ अंकले घटेको छ।
कारोबार रकमका हिसाबले सबैभन्दा धेरै प्रभु बैंकको सबैभन्दा धेरै १ करोड ५२ लाख ४५ हजार ९ सय रुपैयाँ बराबरको कारोबार भएको छ।
सबैभन्दा बढी कमाउनेमा एनआईसी एसिया ग्रोथ फन्डका लगानीकर्ताले प्रतिकित्ता ४ दशमलव ५२ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै गुमाउनेमा मेगा बैंक लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ५ दशमलव ४४ प्रतिशतका दरले गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।