काठमाडौं- अघिल्लो वर्षको तुलनामा यसवर्षको तिहारमा फूलको माग तथा कारोबार रकममा वृद्धि भएको छ।
नेपाल फ्लोरिकल्चर एसोसियसन (फ्यान) का अनुसार गतवर्ष २२ लाखको संख्यामा बिक्री भएका माला यसवर्ष भने २९ लाखभन्दा बढी बिक्री भएको छ। त्यस्तै १३ करोड रुपैयाँ बराबरको फूल तथा माला कारोबार हुने लक्ष्य राखिएकोमा १५ करोड भन्दा बढी कारोबार देखिएको हो।
तिहारको माग धान्नका लागि आन्तरिक उत्पादनबाट २९ लाख भन्दा बढी खपत भएकोमा भारतबाटको आयातमा पनि वृद्धि देखिएको छ।
यसवर्ष भारतबाट साढे २ लाखको संख्यामा माला आयात हुने लक्ष्य राखिएको भएपनि ७ लाख भन्दा बढीको संख्यामा आयात भएको छ।
भारतबाट आयात भएका फूल तथा माला नेपालमै उत्पादित मालाभन्दा सस्तो भएका कारण बजारमा प्रस्पिर्धा गर्न नसकिने भन्दै फ्यानले त्यसको विरोध जनाएको थियो।
भारतबाट आयातित प्रतिमालाको मुल्य ३५ देखि ५० रुपैयाँ र नेपालभित्रे उत्पादित मालाको मुल्य ५० देखि ७० रुपैयाँसम्ममा कारोबार हुने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।