काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले पुँजीबजार सम्बन्धी साक्षरता बढाउन ‘भिजिट नेप्से कार्यक्रम’ सुरु गर्ने भएको छ।
नेप्सेका अनुसार आम जनतालाई लक्षित गरी पुँजीबजारमा आर्थिक सचेतना अभिवृद्धि होस भन्ने अभिप्रायले स्कुल, कलेज तथा विश्वविद्यालयका विद्यार्थीलाई तालिम दिनेछ।
नेप्से र यससँग सम्बन्धित पुँजीबजारका निकाय तथा प्रणालीका बारेमा जानकारी दिने उद्देश्यले ‘भिजिट नेप्से कार्यक्रम संचालन गर्न लागिएको नेप्सेले जनाएको छ।
पुँजीबजार सम्बन्धी सचेतना जगाउने उद्देश्यले कार्यक्रम संचालन गर्न लागिएकाले यो पूर्ण रुपमा निशुल्क हुनेछ।
नेप्सेका अनुसार हाल देशको कुल जनसंख्याका १८ प्रतिशत व्यक्ति पुँजीबजारका विषयमा साक्षार छन्। पछिल्लो केही वर्षयता पुँजीबजारमा आबद्ध हुने तथा लगानी गर्ने लगानीकर्ताको संख्या बढ्दै गए पनि उनीहरूमा पुँजीबजारका विस्तृत ज्ञान तथा दक्षताको भने अभाव छ।
जसका कारण धेरैजसो लगानीकर्ता प्राथमिक बजारमा मात्र लगानी गरिरहेको र दोश्रो बजारमा सीमित लगानीकर्ताले मात्र कारोबार गरिरहेको अवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।