काठमाडौं- निजी हवाई सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले आइतबारबाट चीनको बेजिङ उडान सुरु गरको छ।
एयरलाइन्सले चीनको बेजिङमा केही समय अगाडिबाट मात्रै सञ्चालनमा आएको डासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरु गरेको हो।
एयरलाइन्स्ले बेइजिङका कात्तिक १० अर्थात आइतबारबाट उडान गर्दै दुई देशका दुई राजधानी बीच ऐतिहासिक सिधा उडान सञ्जाल स्थापना गरेको हो।
नयाँ उडान हिमालय एयरलाइन्स्को सञ्जाल विस्तारको व्यावसायिक रणनीतिमा नवीनतम कदमको रुपमा लिइएको छ।
चीन नेपाल भित्रिने पर्यटकहरुको दोस्रो ठूलो बजार बाहेक नेपालको एउटा महत्वपूर्ण व्यापारिक साझेदार हो।
चनिले केही समय अगाडि मात्रै नेपाली एयरलाइन्स् कम्पनीहरुलाई सन् २०१९ का लागि पाँचवटा गन्तव्यस्थान उडानका लागि खुला ग¥यो र २०२० का लागि थप नयाँ तीन गन्तव्य स्थान उडानका लागि बाटो खुला गरिदिएको थियो।
काठमाडौं–बेइजिङको उद्घाटन उडानमा हिमालय एयरलाइन्स्को विमान काठमाडौंको त्रिभुवन विमानस्थलबाट साढे ८ बजे उडान भरेर बेइजिङका डासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँको स्थानीय समयअनुसार १६ः१० माअवतरण गर्नेछ।
हिमालय एयरलाइन्स्को फ्लाइट नम्बर ६६६ विमान उही १७ः४० मा बेइजिङबाट नेपाल फर्कने छ र २१ः४५ मिनेटमा काठमाडौं अवतरण हुनेछ।
सरकारी कार्यालयहरुबाट भएको सहयोगलाई स्वीकार गर्दै, प्रशासनका उपाध्यक्ष विजय श्रेष्ठले भने, ‘हाम्रो सञ्जाललाई चीनमा फैलाउन पाएकोमा खुसी छौं। बेइजिङको यो रुट थप हुनु धेरै भन्दा धेरै चिनियाँपर्यटकलाई देशमाभित्र्याउने नेपाल भ्रमण बर्ष २०२० प्रतिको हाम्रो गहिरो प्रतिबद्धताकै हिस्सा हो। बेइजिङको यो नयाँ उडानले चिनियाँ व्यवसायी तथा पर्यटकहरुका लागि निर्वाध सञ्जाल िवकल्पहरु प्रदानगर्नुका साथै यात्रुहरुकालागि छनौट र सुविधाहरु उपलब्ध गराउनेछ। चीन भ्रमणका लागि हिमालय एयरलाइन्स्को नयाँ सेवा सबैभन्दा रुचाइएको सेवा सञ्जाल हुनेमा छौं।’
हिमालय एयरलाइन्स्ले दोहाको आबुधावी, दमाम र ढाका गरी तीनवटा ए३२० जहाज उडान गर्दै आएको छ।
एयरलाइन्स्ले सन् २०१९ को अन्त्यदेखि २०२० को सुरुवात सम्ममा ए३१९ को दुईवटा विमान थप गर्ने घोषणा गरिसकेको छ।
यो सेवासँगै हिमालय एयरलाइन्स नेपाल र चीनको राजधानीबीच सिधा उडान सञ्चालन गर्ने नेपालको एकमात्र एयरलाइन्स हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।