काठमाडौं- अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी सेलपेले २ दिने स्टल एक्टिभेसन सेवा सम्पन्न गरेको छ। शुक्रबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले सेवा २ दिने सेवा सम्पन्न गरिएको जानकारी दिएको हो।
विभिन्न स्टलमा सेलपेमा अकाउन्ट खोली सोही स्थानबाट एक्टिभेट गराइएको यो सेवाबाट कम्पनी अझ धेरै ग्राहकसम्म पुग्न सहयोग भएको कम्पनीले बताएको छ। पहिलो चरणमा यो कार्यक्रम सिभिल महलमा कार्तिक ८ गते र लबिम महलमा कर्तिक ९ गते १० बजेदेखि ५ बजेसम्म सम्पन्न भएको हो।
ग्राहकहरुसँग अन्तर्कि्रया बढाउन र सेलपेबारे जानकारी उपलब्ध गराउने उद्देश्यले सम्पन्न गरिएको कार्यक्रम सफल भएको कम्पनीले दाबी गरेको छ।
एक्टिभेसनका समयमा सेलपेले स्पट केवाइसी प्रमाणिकरण सेवा प्रदान गर्नुका साथै पहिलो बैंक खाता लिंक भए पश्चात एक सयको फ्री टपअप ब्यालेन्स समेत ग्राहकहरुलाई उपलब्ध गराएको थियो।
स्थापनको छोटो समयमा नै कम्पनी ग्राहकहरूबीच लोकप्रिय बन्दै गएको कम्पनीले बताएको छ। सेलपे मोबाइल वालेट सेवा प्रदायक पनि हो। यसबाट विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, इन्टरनेटको महसुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर गर्न सकिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।