काठमाडौं- एलजीको डबल अपग्रेड अफरको पहिलो भाग्यशाली विजेताको नाम घोषणा गरिएको छ। डबल अपग्रेड अफरअन्तर्गत धादिङको खेरेनी-१ का गोविन्द अधिकारी पहिलो विजेता बनेका हुन्।
उनको सिरियल नम्बर WM6S908PFNB016799AB रहेको कम्पनीले जनाएको छ।
चाडपर्व लक्षित यस योजनाअन्तर्गत एलजी ब्रान्डका उत्पादनहरु टेलिभिजन, रेफ्रिजेरेटर, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ, साउन्ड सिस्टम आदिको खरिदपछि लक्की ड्रमा सामेल हुन सकिनेछ।
जसका लागि एलजीका कुनै पनि सामग्रीको खरिद गरी आफ्नो मोबाइलको म्यासेज बक्समा गई LG [SPACE] Name [COMMA] Model No. [COMMA] Serial No. [COMMA] Address टाइप गरी ३४३४३ मा म्यासेज पठाउन सकिनेछ। सोपश्चात् लक्की ड्रमा नाम सामेल हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।