काठमाडौं- कोरियाली कार उत्पादक कम्पनी किया मोटर्सले नयाँ सव-कम्प्याक्ट एसयुभी ल्याउने भएको छ। यो कारले मारुती सुजुकी भिटारा ब्रेजा, हुन्डाई भेन्यू, महिन्द्रा एक्सयुभी ३०० तथा टाटा नेक्सनलाई टक्कर दिने दावी गरिएको छ।
कियाले भारतमै उत्पादन गरेको पहिलो एसयुभी सेल्टोसको सफलतापछि कम्पनीले २०२० मा दुई नयाँ एसयुभी ल्याउने तयारी गरेको हो। योमध्ये एउटा ४ मिटरभन्दा कम लम्बाइ भएको सब-कम्प्याक्ट एसयुभी र अर्को एमपिभी (मल्टि-युटिलिटी भेइकल) हुनेछ।
कियाको सब-कम्प्याक्ट एसयुभी क्युबाइआई कोड नेम दिइएको छ। टेक्निकल्ली यो कार हुन्डाईको भेन्यूमै आधारित हुने बताइएको छ। हुन्डाई र कियाबीच अन्तर्राष्ट्रिय रुपमै प्लेटफर्म तथा कम्पोनेन्ट सेयर हुने गरेको छ।
कियाले भारतको आन्ध्र प्रदेशमा रहेको प्लान्टमा क्युवाइआईको परीक्षणसमेत गरिरहेको छ। नयाँ कार दुई इन्जिनमा आउने छ, जुन १.२ लिटर पेट्रोल इन्जिनमा हुनेछ। त्यस्तै, १ लिटर टर्बोचार्ज्ड इन्जिनमा समेत आउनेछ। कियाको नयाँ कार बिएस-६ इन्जिनमै आधारित हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।