काठमाडौं- बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बुधबार ७ दशमलव ७९ अंकले सुधार देखिएको छ।
नेप्से सुध्रिएसँगै परिसुचक १ हजार १ सय ४२ दशमलव ६० कायम भएको नेप्सेले जनाएको छ।
परिसूचकमा सुधार देखिएपनि कारोबार रकममा भने अपेक्षित सुधार देखिएन।
बुधबार १ सय ५३ वटा कम्पनीको ६ लाख ४ हजार ७ सय २७ कित्ता सेयर ३ हजार १ सय ५३ पटक खरिदबिक्री हुँदा १६ करोड ३७ लाख ५७ हजार ८ सय ४७ रुपैयाँ बराबरको कारोबार भएको छ।
परिसूचक बढे सँगै सबै समुहको उपसूचकमा पनि हरियो देखिएको छ। सबैभन्दा धेरै जिवन बिमा समूहको उपसूचक ४८ दशलमव २८ अंकले बढेको छ।
बुधबार प्रभु बैंक लिमिटेडको सबैभन्दा धेरै २ करोड ७२ लाख १६ हजार ३ सय रुपैयाँ बराबरको कारोबार भएको छ।
सबैभन्दा धेरै कमाउनेमा नेको इन्स्योरेन्स कम्पनी लिमिटेडका लगानीकर्ताले प्रतिकित्तिा ५ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन भने सबैभन्दा धेरै गुमाउनेमा दिब्यश्वरी हाईड्रोपावर लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ५ दशमलव ३५ प्रतिशतका दरले गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।