काठमाडौं- बजाज मोटरसाइकलको उत्पादक एवं वितरक हन्सराज हुलासचन्द एण्ड कम्पनीले नयाँ पल्सर एनएस २०० मा एन्टी–लकिङ ब्रेकिङ सिस्टम (एबिएस) ल्याएको छ।
एबिएस सिस्टम दुई पाङग्रे सवारी साधनहरुको सडक सुरक्षाका लागि निकै महत्वपूर्ण बन्दै गइरहेको कम्पनीले जनाएको छ। एबिएसको प्रयोगले चक्का लक हुनबाट जोगाउनुका साथै जोखिमपूर्ण सडकमा चालकलाई सवारी नियन्त्रण गर्दछ।
एबिएस भएको सवारी साधन सधैं सुरक्षित हुन्छन् किनकी यसले ब्रेकिङ दूरी कम गर्ने र जोखिमपूर्ण सडक वा आपतकालीन अवस्थामा मात्र नभएर दैनिक रुपमा समेत सवारी बाइक चिप्लनबाट जोगाउनुका साथै ब्रेक लगाउन पनि मद्दत गर्ने कम्पनीले जारी गरेको प्रेस विज्ञप्तीमा जनाइएको छ। यसले दुर्घटना न्यूनीकरणमा पनि सहयोग गर्ने कम्पनीको भनाइ छ।
एबिएस भएको पल्सर एनएस २०० को सुरुवाती मुल्य ३ लाख ३४ हजार ९०० रुपैयाँ रहेको छ। यो देशभर रहेको बजाजको सबै आधिकारिक शोरुमहरुमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।