काठमाडौं- नेपाल र चीनबीच चिनियाँ बैंकका शाखा नेपालमा विस्तार गर्ने सहमति भएको छ।
चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणपछि जारी गरिएको संयुक्त वक्तव्यमा चिनियाँ बैंकका शाखा नेपालमा विस्तार गर्न नेपालले सहजीकरण गर्ने विषयमा समझदारी भएको हो।
दुई देशबीचको व्यापार र लगानीमा सहजता ल्याउन चिनियाँ बैंकका शाखा नेपालमा विस्तार गर्न लागिएको उल्लेख छ।
‘दुई देशबीचको व्यापार तथा लगानीलाई थप सहज बनाउन नेपालले चिनियाँ बैंकहरुका शाखा तथा अन्य वित्तीय सेवाहरु स्थापनाका लागि सहजीकरण गर्नेछ,’ वक्तव्यमा भनिएको छ।
आइतबार दूई देशबीच भएका एक दर्जनभन्दा बढी सम्झौतामा दुई देशबीचको व्यापार र पूर्वाधार निर्माणको विषयलाई महत्वका साथ हेरिएको छ।
चिनियाँ बैंकको उपस्थितिले नेपालमा चिनियाँ लगानी तथा व्यापारमा सहजता ल्याउने भन्दै दुई पक्षबीच यस्तो सम्झौता भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।