काठमाडौं- नेपाल र चीनको व्यापार सहजीकरण गर्न उच्चस्तरीय संयन्त्र बन्ने भएको छ। दुवै देशका वाणिज्य सचिवले नेतृत्व गर्ने गरी उच्चस्तरीय संयन्त्रको समझदारी भएको छ।
चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा व्यापार सहजीकरण संयन्त्र बनाउने समझदारी बनेको वाणिज्य सचिव डा बैकुण्ठ अर्यालले जानकारी दिए। चिनियाँ वाणिज्य सचिव र अर्यालले यससम्बन्धि समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।
चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा २ देशका वाणिज्य सचिवले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।
चीन नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार हो। गत आर्थिक वर्षमा नेपालले चीनबाट २ खर्ब ५ अर्ब रुपैयाँको वस्तु आयात गरेको छ। नेपालले चीनमा भने जम्मा २ अर्ब रुपैयाँको वस्तु मात्रै निर्यात गरेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।