काठमाडौं- नेपालको पुनर्निर्माणमा प्रयोग हुने गरी साउदी अरेबियाले करिब ३ अर्ब ४१ करोड रुपैयाँ (११२.५ मिलियन साउदी रियाल) ऋण सहयोग गर्ने भएको छ। साउदी फन्ड फर डेभलपमेन्टमार्फत यो सहुलियतपूर्ण नेपाललाई उपलब्ध गराउन लागिएको हो।
नेपाल र साउदी कोषबीच ऋण सम्झौतामा शुक्रबार हस्ताक्षर भएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा अर्थसचिव डा. राजन खनाल र साउदी कोषका उपाध्यक्ष तथा प्रबन्ध निर्देशक डा खालेद बिन सुलेइमन अल्खुदाइरीले हस्ताक्षर गरेका छन्। यो रकम भूकम्पपछि भत्किएका निजी आवास पुनर्निर्माण, स्वास्थ्य केन्द्र तथा शैक्षिक संस्था पुनर्निर्माणमा परिचालन हुनेछ।
ऋण सम्झौता कार्यक्रममा अर्थसचिव खनालले नेपालको पुनर्निर्माणमा साउदी अरेबियाले गरेको सहयोग प्रति धन्यवाद व्यक्त गरेका छन्।
साउदी अरेबियाको टोलीले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीसँग पनि भेटवार्ता गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।