काठमाडौं- नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय भवन निर्माणको काम अघि बढेपछि ३ वटा विभागलाई अन्यत्र सारिएको छ।
राष्ट्र बैंकले अनुसन्धान विभाग, विकास बैंक सुपरीवेक्षण विभाग र वित्त कम्पनी सुपरीवेक्षण विभागलाई अन्यत्रै स्थानान्तरण गरेको हो।
राष्ट्र बैंकका अनुसार अनुसन्धान विभाग र वित्त कम्पनी सुपरीवेक्षण विभागलाई गैर आवासीय नेपाली संघको भवन बालुवाटारमा स्थानान्तरण गरिएको छ।
यसैगरी विकास बैंक सुपरीवेक्षण विभागलाई राष्ट्रिय सहकारी विकास बोर्ड पुलचोकमा सारिएको राष्ट्र बैंकले जारी गरेको विज्ञप्तीमा जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।