काठमाडौं- निजी हवाई सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले एक महिनाअगाडि नेपाल भित्र्याएको टर्बोप्रोप विमानको परीक्षण उडान भएको छ।
टर्बोप्रोप विमानमार्फत काठमाडौं-भैरहवा-काठमाडौं परीक्षण उडान भएको एयरलाइन्सका बजार व्यवस्थापक अनिल मानन्धरले जानकारी दिए। परीक्षण उडान भएको विमानमार्फत केही दिनमै नियमित उडान हुने उनले जानकारी दिए।
निजी वायुसेवा कम्पनी श्री एयरलाइन्सको टर्बोप्रोप विमानको परीक्षण उडान सोमबार हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले परीक्षण उडान गरेको थियो। त्यसका आधारमा कम्पनीले नियमित उडान गर्न पाउनेछ।
परीक्षण उडानमा प्राधिकरणको हवाई सुरक्षा विभागअन्तर्गत प्रोजेक्ट म्यानेजर, क्याविन क्रू, सेक्युरिटी, एयर वर्दिनेस विभागका कर्मचारी, कम्पनीका प्राविधिक जनशक्ति लगायतको सहभागिता रहेको छ।
एयरलाइन्सले ७८ सिटे टर्बोप्रोब (क्यू–४००) जहाजमार्फत पोखरा, भरतपुर, सिमरा, जनकपुर लगायत गन्तब्यमा नियमित उडान गर्ने योजना बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।