काठमाडौं- हिमालय एयरलाइन्सको चिनियाँ लगानीकर्ता फेरिएको छ। ४९ प्रतिशत लगानी भएको तिब्बत एयरलाइन्स हिमालयबाट बाहिरिएको छ भने उसको ठाउँमा तिब्बत सिभिल एभिएसन डेभलपमेन्ट एन्ड एन्भेष्टमेन्ट कम्पनी भित्रिएको छ।
शेयरधनी परिवर्तन भएसँगै कम्पनीले आफ्नो लोगो पनि परिवर्तन गरेको छ। कम्पनीको ५१ प्रतिशत शेयर भने नेपालको यति वर्ल्ड कम्पनीको नाममा छ।
शेयरधनी परिवर्तनसँगै कम्पनीले चीनको बेइजिङमा उडान सुरु गर्ने भएको छ। कम्पनीले आउँदो अक्टोबर २७ बाट बेइजिङमा हालै निर्माण सम्पन्न भएको डासिङ विमानस्थलमा उडान सुरु गर्ने पनि जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।