काठमाडौं- नेपाल राष्ट्र बैंक र भारतीय दूतावासको संयुक्त आयोजनामा गुरु नानक देवजीको ५५०औं जन्मजयन्ती मनाइएको छ।
सोही अवसरमा नेपाल राष्ट्र बैंकले गुरु नाकक देवजीको प्रतिकको रुपमा तयार गरिएका तीन प्रकारका स्मारक सिक्का सार्वजनिक गरिएको छ। उक्त सिक्का गभर्नर डा चिरन्जीवी नेपाल र नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीले संयुक्त रुपमा सार्वजनिक गरेका थिए।
तीन प्रकारका नेपाली सिक्काका मूल्य १००, १००० र २५०० रहेको छ, जसलाई नेपाल राष्ट्र बैंकले बिक्रीका लागि खुला गरेको छ।
'नेपालको सिख धरोहर' नामक पुस्तकको समेत विमोचन गरियो। उक्त पुस्तक बिपी कोइराला भारत नेपाल फाउन्डेसन, भारतीय दूतावासले प्रकाशित गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।