काठमाडाैं- सिटिजन्स बैंकको सञ्चालकमा युवा उद्यमी प्रवलजंग पाण्डे चयन भएका छन्।
पाण्डे केही वर्षअघि नै इन्टरनेसनल लिजिङ एन्ड फाइनान्स कम्पनी (आइएलएफसी)मा पनि सञ्चालकको रुपमा कार्यरत थिए। बैंकमा भने पाण्डे पहिलोपटक सञ्चालक बनेका हुन्।
उत्पादनमूलक उद्योगमा सत्रिय रहेका पाण्डेले पछिल्ला केही वर्षदेखि बैंक तथा वित्तीय संस्थामा समेत उपस्थिति बढाउँदै आएका थिए। खासगरी सिमेन्ट, औषधिलगायतका क्षेत्रमा पाण्डेको दरिलो उपस्थिति छ। विभिन्न बैंक, बिमा कम्पनीमा पनि उनको लगानी छ।
नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यकारीणी सदस्यसमेत रहेका पाण्डेलाई शुक्रबार सिटिजन्स बैंकको साधारणसभाले सञ्चालक बनाएको हो। उनको कार्यकाल ४ वर्षको रहनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।