काठमाडौं- यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २५ दशमलव ५ अंकले घटेको छ।
यो साताको कारोबार १ हजार १ सय ५५ दशमलव ३० अंकको बिन्दुबाट सुरु भएकोमा कारोबारको अन्तिम दिन १ हजार १ सय २९ दशमलव ८० अंक कायम भएको छ।
बिहीबार मात्र नेप्से परिसूचक १ दशमलव ७३ अंकले घटेको छ। बिहीबार १ सय ६८ कम्पनीको ७ लाख ९९ हजार १ सय २८ कित्ता सेयर ५ हजार १ सय ४६ पटक खरिदबिक्री हुँदा २१ करोड २५ लाख ४१ हजार ३ सय ५२ रुपैयाँ बराबरको कारोबार भएको छ।
बिहीबार होटल समूह, जलविद्युत समूह, जीवन बिमा समूह र म्युचुअल फण्ड समूह क्रमशः शून्य शमलव ९८, शून्य दशमलव ६३, ६ दशमलव २७ र शून्य दशलमव शून्य ९ अंकले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ।
सबैभन्दा धेरै निर्जीवन बिमा कम्पनीको उपसूचक १३ दशमलव ६३ अंकले घटेको छ।
बिहीबारको कारोबारमा सबैभन्दा धेरै माछापुच्छ्रे बैंक लिमिटेडको १ करोड ९४ लाख ६१ हजार ९ सय ५५ रुपैयाँ बराबरको कारोबार भएको छ।
सबैभन्दा धेरै सिजर्नी पावर डेभलपमेन्ट लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ७ दशमलव ४६ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै गुमाउनेमा जोशी हाईड्रोपावर लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ५ दशमलव २६ प्रतिशतले गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।