काठमाडौं- म्यानपावर व्यवसायीहरुको छाता संगठन वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा लोकतान्त्रिक फोरम समूहबाट उम्मेदवारी दिएका विष्णुप्रसाद गैरे अध्यक्ष पदमा विजयी भएका छन्।
अध्यक्षमा गैरेले ३ सय ३० मत ल्याई प्रगतिशील समूहका अध्यक्षका प्रत्यासी सरोजकुमार पोखरेललाई ४८ मतले पराजित गरेका हुन्।
दुई वर्षे कार्यकालका लागि मंगलबार भएको संघको निर्वाचनमा नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको प्यानलले नै जीत हासिल गरेको छ।
चुनावमा कूल ६ सय २१ मत खसेको थियो।
संघको प्रथम उपाध्यक्षमा ३ सय ८१ मतका साथ हिमारब ओभरसिज प्रालिका सञ्चालक कमल तामाङ विजयी भएका छन्। त्यस्तै, लिंक प्रालिका सञ्चालक कमल देव मल्ल द्धितीय उपाध्यक्षमा ३ सय २२ मत, एसआरके नेपाल प्रालिका सञ्चालक किशोर कुमार केसी तृतिय उपाध्यक्षमा ३ सय ६० मतसहित विजयी भए।
महासचिवमा एलायन्स ह्युमन रिसोर्स प्रालिका सञ्चालक सुजित श्रेष्ठले ३ सय ८८ मत ल्याई प्रगतिशिलका प्रत्यासी रामचन्द्र गिरीलाई १ सय ६८ मतले पराजित गरे। सचिवमा निलकमल ह्युमन रिसोर्स प्रालिका सञ्चालक मेघनाथ भुर्तेलले ३ सय ३३ र कोषाध्यक्षमा सिएसटी सिजन प्रालिकी सञ्चालिका इन्दिरा गुरुङले ३ सय ६७ मत ल्याई विजयी भए।
संघको सदस्य पदमा डाइनामिक स्टाफिङ सोलुसन प्रालिका कर्णराज कटुवाल, अल नासिर ओभरसिज प्रालिका दिनेश कुमार राय, डस लिंक प्रालिका सुरेन्द्र अर्याल, इम्पाइमेन्ट क्रियसन सर्भिस प्रालिका हर्कबहादुर लिम्बु, नेपाल रिकुमेन्ट कन्सल्टेन्सी प्रालिका विजय लामा, ग्लोबल वेलफेयर एचआर सोलुसन प्रालिका बाबुलाल मगर नरेन्द्र, गुगल ओभरसिज सर्भिस प्रालिका केशवराज न्यौपाने, प्रेष्टिज एच आर सोलुसन प्रालिका छविलाल भटराई, जंगबाहादुर इजमएलन ओभरसिज प्रालिका छविलाल भट्टराई, त्रिवेणी ओभरसिज प्रालिका लक्ष्मण पौडेल निर्वाचित भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।