काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ६ दशमलव ४२ अंकको गिरावट आएको छ। ु
सोमबारको कारोबारमा झिनो अंकले सुधार देखिएको परिसूचक मंगलबार फेरी ओरालो लाग्दै १ हजार १ सय ३४ दशमलव ५६ अंकमा कायम भएको छ।
'क' वर्गका कम्पनीको कारोबार सूचक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ४० अंकले घटेर २ सय ४८ दशमलव ४१ अंकमा कायम भएको छ।
मंगलबार १ सय ७१ वटा कम्पनीको ८ लाख ७३ हजार कित्ता सेयर ३ हजार ९ सय ७५ पटक किनबेच हुँदा २१ करोड ८२ लाख ७८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
व्यापार समूह, होटल समूह, र म्युचुअल फण्ड समूहको उपसूचक क्रमशः ३ दशमलव ६३, १३ दशमलव ४८, र शुन्य दशमलव शुन्य ३ अंकले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ।
सबैभन्दा धेरै जीवन बीमा कम्पनीको उपसूचक ६४ दशमलव ८६ अंकले घटेको छ।
मंगलबार सानिमा बैंक लिमिटेडको सबैभन्दा धेरै ३ करोड १६ लाख ९४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कारोबार भएका सेयर संख्याको आधारमा भने सिद्धार्थ बैंक लिमिटेड प्रोमोटर सेयर अग्रस्थानमा देखिएको छ। उक्त कम्पनीको १ लाख ५९ हजार ६ सय ३७ कित्ता सेयर किनबेच भएको छ।
सबैभन्दा धेरै कमाउनेमा खानीखोला जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ८ दशमलव १६ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै गुमाउनेमा रैराङ जलविद्युत विकास कम्पनीका लगानीकर्ताले प्रतिकित्ता ७ दशमलव २७ प्रतिशतका दरले गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।