काठमाडौं- मेगा बैंक नेपाल लिमिटेडले काठमाडौँको बुढानीलकण्ठस्थित फुड फर लाइफ नेपालमार्फत् बालबालिकालाई खाद्यान्न सहयोग गरेको छ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले सो संस्थालाई १५ दिन पुग्ने चामल, नुन, तेलसहित विभिन्न खाद्य सामग्री सहयोग गरेको हो।
फुड फर नेपालले सरकारी र सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई नियमित रुपमा आफैले पकाएर खाजा सहयोग गर्दै आएको छ।
सरकारी र सामुदायिक विद्यालयमा अध्ययनरत न्यून आय भएका विपन्न परिवारका बालबालिकालाई खाजा खानबाट बञ्चित हुन नपरोस् र त्यसले गर्दा पढाईमा कुनै असर नहोस् भन्ने उद्देश्यले मेगा बैंकले फुड फर लाइफ नेपालमार्फत् बालबालिकाका लागि खाद्यान्न सहयोग गरेको हो।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वमार्फत् असहाय तथा विपन्न वर्गका बालिबालिकाको शिक्षाका लागि पनि सहयोग गर्दै आएको छ। बैंकका १०२ शाखामार्फत १/१ जना बालिकालाई पनि बैंकले छात्रवृत्ति प्रदान गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।