काठमाडौं- टीका लगाई दक्षिणा दिँदा, पूजाआजा गर्दा र अन्य कुनै धार्मिक वा साँस्कृतिक कार्य गर्दा रंग लागिएका वा मैलिएका हातहरुले नोटहरु छुँदा त्यस्ता नोट चलनचल्तीमा आउन नसक्ने भएको हुँदा त्यस्तो कार्य नगर्न नगराउने राष्ट्र बैंकले आग्रह गरेको छ।
नोट राष्ट्रको सम्पत्ति भएका कारण यसको हिफाजत गर्नु हरेक नेपाली नागरिकको कर्तव्य रहेको पनि राष्ट्र बैंकले जनाएको छ।
नोटमा कुनैपनि बहानामा रंग लगाउने, लेख्ने, केरमेट गर्ने, नोटको आकार बिगार्ने जस्ता कार्यबाट नेपाली नोटको दुरुपयोग गर्ने/गराउने उपर प्रचलित कानुन बमोजिम कारबाही हुने पनि राष्ट्र बैंकले जनाएको छ।
२०७५ भदौ १ गतेबाट लागु भएको मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद २२ मा मुद्रा सम्बन्धी कसुर अन्तर्गतको दफा २६३ को उपदफा २ मा कसैले नोटमा लेख्न वा कोर्न हुँदैन।
सोही दफाको उपदफा ३ ले गरेको व्यवस्थाअनुसार कसैले त्यस्तो कसुर गरे वा गराएमा तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना गर्नसक्ने व्यवस्था छ।
(तस्बिर- नेपाली नोट चिन्ने जानकारीका लागि मात्र)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।