काठमाडौं- आईतबार १६ दशमलव ५ अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सोमबार झिनो अंकको सुधार देखिएको छ।
सोमबार नेप्से १ दशमलव ७३ अंकले बढेर १ हजार ४ सय ४० दशमलव ९८ अंकमा कायम भएको छ। १ सय ७० वटा कम्पनीको ७ लाख ४३ हजार ३ सय १५ कित्ता सेयर ४ हजार ६ सय ८४ पटक खरिदबिक्री हुँदा १७ करोड ७२ लाख ७० हजार रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ।
सोमबार तीनवटा समूहको उपसूचक घटेको छ। जसमध्ये जलविद्युत समूहको उपसूचक शुन्य दशमलव ६८ अंकले, वित्त समूहको उपसूचक शुन्य दशमलव १७ अंकले र म्युचुअल फण्डको उपसूचक शुन्य दशमलव शुन्य ६ अंकले घटेको छ। सबैभन्दा धेरै जीवन बिमा समूहको उपसूचक १६ दशमलव ५९ अंकले बढेको छ।
सोमबार सबैभन्दा धेरै कारोबार गर्नेमा प्रभु बैंक लिमिटेडको १ करोड २५ लाख २३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यसैगरी, सबैभन्दा धेरै कमाउनेमा साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ताले प्रतिकित्ता ४ दशमलव ९४ प्रतिशतले कमाएका छन् भने सबैभन्दा धेरै गुमाउनेमा युनियन हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ३ दशमलव ७७ प्रतिशतले गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।