काठमाडौं- म्यानपावर व्यवसायीहरुको छाता संगठन वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन असोज ७ गते हुने भएको छ।
वैदेशिक रोजगार व्यवसायी संघको १७औँ साधारण सभाकै दिन अधिवेशनसमेत तय गरिएको हो।
आगामी नेतृत्वका लागि हुने निर्वाचनमा अध्यक्ष पदमा नेपाली कांग्रेस निकट लोकतान्त्रिक वैदेशिक रोजगार फोरमबाट विष्णुप्रसाद गैह्रे र नेकपा निकट प्रगतिशील वैदेशिक रोजगार मञ्चका तर्फबाट सरोजकुमार पोखरेल भिड्ने भएका छन्।
नयाँ नेतृत्वका लागि लोकतान्त्रिक वैदेशिक रोजगार फोरमबाट घोषित विष्णु गैरे समूहको १७ सदस्यीय प्यानल घोषणा भइसकेको छ।
प्यानलका प्रथम उपाध्यक्षका लागि कमल तामाङ, द्धितिय उपाध्यक्षमा कमल देव मल्ल, तृतिय उपाध्यक्षमा किशोरकुमार केसी, महासचिवमा सुजित श्रेष्ठ, सचिव मेघनाथ भुर्तेल, कोषध्यक्षमा इन्दिरा गुरुङसहित सदस्यहरुमा कर्णराज कटुवाल, दिनेशकुमार राय, सुरेन्द्र अर्याल, हर्कबहादुर लिम्बु, विजय लामा, बाबुलाल मगर, केशवराज न्यौपाने, छविलाल भट्टराई, जंगबहादुर इजमएलन र लक्ष्मण पौडेल छन्।
प्रगतिशील वैदेशिक रोजगार मञ्चबाट घोषित सरोजकुमार पोखरेल समूहको १६ सदस्यीय प्यानल घोषणा भएको छ। प्यानलमा प्रथम उपाध्यक्षमा हरिबहादुर पाण्डे, द्धितीय उपाध्यक्षमा मुक्तिनाथ अधिकारी, तृतीय उपाध्यक्षमा अख्तर हुसेन, महासचिवमा रामचन्द्र गिरी, सचिवमा सञ्जु गुरुङ र कोषाध्यक्षमा तेज माया लिम्बु छन्।
सदस्यहरुमा होमप्रसाद तिमल्सिना, दलविर भण्डारी, ओमबहादुर न्यौपाने, सरीता घले, सोमबहादुर तामाङ, बाबुराम खड्का, नुर मोहम्मद मियाँ, दोर्जे शेर्पा, केदारनाथ अधिकारी र विरेन्द कुमार यादव छन्।
नयाँ नेतृत्व चयनका लागि असोज ७ गते हुने निर्वाचनमा सहभागी हुन ७ सयभन्दा बढी व्यवसायीहरुले नाम दर्ता गराइसकेको वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।