काठमाडौं- दसैंमा लागि सहज र सुरक्षित यात्राका लागि सुरक्षित यात्रा हाम्रो अभियान सुरू भएको छ।
नेपाल यातायात व्यवसायी महासंघ, ल्होत्से बहुद्देश्यीय प्रालि र सिप्रदी ट्रेडिङ प्रालीको संयुक्त आयोजनामा उक्त अभियान सुरु भएको हो।
शनिबार नयाँ बसपार्कमा एक कार्यक्रम गरी अभिनय सुरू गरेको नेपाल यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले बताए। 'काठमाडौंमा रहेर दसैंमा घर जाने यात्रुका लागि सहज र सुरक्षित यात्रा गराउने उद्देश्यले यो अभियान थालिएको हो,' उनले भने।
सिप्रदी ट्रेडिङले गोंगबु बसपार्कबाट देशभर छुट्ने बसको यान्त्रिक चेकजाँच गर्ने व्यवस्था मिलाएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले जानकारी दिए।
'हामीले यात्रा सुरक्षित होस् र यात्रुलाई समस्या नआओस्भ नेर बसको यान्त्रिक परीक्षण गर्न सुरू गरेका हौं,' उनले भने, 'बसपार्कमै रहेको टाटाको वर्कशप र मोबाइल भ्यानमार्फत सवारीको यान्त्रिक चेकजाँच हुनेछ।'
त्यसैगरी हाइवे तथा बाटोमा समस्या देखियो भने पनि टाटाले मोबाइल भ्यानको मद्दतले सेवा उपलब्ध गराइने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।