काठमाडौं- आइतबार १७ अंक र सोमबार १६ अंकले घटेको पुँजीबजार मंगलबार उच्च अंकले बढेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार मंगलबार नेप्से परिसूचक २६ दशमलव ९१ अंकले बढेसँगै परिसुचक १ हजार १ सय ५० दशमलव ७४ अंकमा कायम भएको छ।
१ सय ७१ वटा कम्पनीको १३ लाख ७७ हजार ९ सय ४६ कित्ता सेयर ७ हजार १ सय २९ पटक खरिद-बिक्री हुँदा ३८ करोड ३९ लाख ५७ हजार ४ सय २६ रुपैयाँ बराबरको कारोबार भएको छ।
मंगलबार म्युचुअल फन्ड समूहको उपसूचक झिनो अंकले घट्नुबाहेक अन्य सबै समूहको उपसूचक बढेको छ।
सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक १ सय २ दशमलव ९२ अंकले बढेको छ।
कारोबार रकमका आधारमा सिद्धार्थ बैंक लिमिटेडको ३ करोड ४९ लाख ७७ हजार ३ सय ६० रुपैयाँ बराबरको कारोबार भएको छ।
मंगलबार सबैभन्दा बढी कमाउनेमा शिवम् सिमेन्ट लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ९ दशमलव ९० प्रतिशतले कमाएका छन् भने सबैभन्दा धेरै गुमाउनेमा इभरेस्ट इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले प्रतिकित्ता ५ दशमलव ५९ प्रतिशतका दरले गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।