काठमाडौं- पुँजी बजारका लगानीकर्ताहरुले अर्थमन्त्री तथा अर्थ मन्त्रालय, धितोपत्र बोर्ड तथा नेपाल स्टक एक्सचेन्ज जस्ता नियामक निकायले पुँजी बजारलाई उपेक्षा गरेको भन्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र पठाएका छन्।
सरकारले अख्तियार गरेको नीतिका कारण पुँजी बजार खुम्चिँदै गएको र लगानीकर्ताका कुरा अर्थमन्त्रीले नसुनेको भन्दै प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीलाई गुनासो गरेका हुन्।
‘पुँजी बजारको विकास तथा आम लगानीकर्ताको विश्वास अक्षुष्ण राख्न र भविष्यमा पनि बढीभन्दा बढी सर्वसाधारणलाई पुँजी बजारमा ल्याई निष्क्रिय रहेको पुँजीलाई संकलन गरी विकास निर्माण कार्यमा परिचालन गर्ने वातावरण मिलाउन जोडदार माग गर्दछौं,’ लगानीकर्ताहरुद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।