काठमाडौं– चीन सरकारले दिएको ४ सय अक्सिजन सिलिन्डरसहित १ सय ७३ अक्सिजन कन्सन्ट्रेटर आज दिउँसो आइपुग्ने भएको छ।
निगमको वाइड–बडी ए३३० मार्फत मंगलबार दिउँसो करिब साढे २ ती सामग्री काठमाडौंमा अवतरण गर्ने विमानस्थलले बताएको छ।
चीनको होङ्सी होल्डिङ ग्रुपले दिएको २ सय थान अक्सिजन कन्सनटेटरमध्ये नेपाल एयरलाइन्सको वाइडबडी जहाजले पहिलो लटमा १ सय ७३ वटा अक्सिजन कन्सनटेटर ल्याउने भएको हो।
यसअघि ४ सय सिलिन्डर र २० थान भेन्टिलेटर आउने भनिए पनि अहिले संशोधन भइ ४ सय थान सिलिन्डर, १० थान भेन्टिलेटर र १ सय १७ थान अक्सिजन कन्सन्ट्रेटर ल्याउन लागिएको हो।
यी सामान लिन नेपाल एयरलाएइन्सको वाइडबडी जहाज सोमबार बेलुका बेइजिङ प्रस्थान गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।