काठमाडाैं- गण्डकी प्रदेशमा थप ६५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीमा १ हजार १३३ जनामा गरिएको नमुना परीक्षणमा ६५३ जनामा कोरोना संक्रमण पुष्टि भएकाे हाे। योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या २३ हजार ८८२ पुगेको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सोमबार कास्कीमा २९८, तनहुँमा २२, गोरखामा २२, लमजुङमा ३७ जना र नवलपुरमा ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै, स्याङजामा १५, पर्वतमा ५०, बागलुङमा ५८, म्याग्दीमा ६३, मुस्ताङ र मनाङमा एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा प्रदेशमा ३०८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै, अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या १८ हजार ७३ पुगेको छ ।
प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २७६ पुगेको छ ।पछिल्लो २४ घण्टामा गण्डकीमा थप १३ जनाको मृत्यु भएको थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।